
काठमाडौं, जेठ ८ । नेपाल धितोपत्र बोर्डले जलविद्युत् कम्पनीको सार्वजनिक निष्काशन गर्न विद्युत् नियमन आयोगको पूर्वस्वीकृति पेस गर्नुपर्ने व्यवस्था गरेको जनाएको छ ।
विद्युत् नियमन आयोग ऐन, २०७४ र विद्युत् नियमन आयोग नियमावली, २०७५ को व्यवस्थाअनुसार जलविद्युत् कम्पनीको सार्वजनिक निष्काशन गर्न आयोगको पूर्वस्वीकृति चाहिने व्यवस्था गरिएको बोर्डले जनाएको हो ।
यस्तो व्यवस्था गर्न आयोगले बोर्डलाई यही जेठ ५ गते पत्र पठाएको थियो ।
जलविद्युत् कम्पनीको सार्वजनिक निष्काशनका लागि बोर्डमा निवेदन पेस गर्दा तथा निवेदन दिइ स्वीकृत हुन बाँकी रहेका कम्पनीको हकमासमेत उल्लेखित व्यवस्थाबमोजिम विद्युत् नियमन आयोगको पूर्वस्वीकृति पेस गर्नुपर्ने बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्