 
	    गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका बेतुखर्कका १५ घर पहिरोको जोखिममा रहेका छन् ।
त्यसमध्ये उच्च जोखिममा रहेका ७ घर परिवार बिस्थापित भएका छन् । पानी पर्न जान थालेपछि थप जोखिम हुने भएकाले बाँकी परिवारलाई सर्तकताको लागि सचेत बनाएको वडाध्यक्ष मोहनप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।
गएरातिदेखिको अविरल वर्षाले तम्घास–नेटा सडक खण्डका साथै तम्घास खाम्सेपानी सडकको दुवै तर्फबाट बस्ती जोखिममा परेको छ ।
तम्घास–खाम्सेपानी सडक अन्तरगत ओख्रेनीमा विगत पाँच वर्षदेखि पहिरो खसिरहेको छ ।
गुल्मीकै इस्मा गाउँपालिका र कालीगण्डकी गाउँपालिकामा केहि घरहरु पहिरोका कारण जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख राजेन्द्रसिंह खड्काले जानकारी गराएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्