
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको लिभरपुललाई एभर्टनले बराबरीमा रोकेको छ ।
गएराति एभर्टनको मैदान गुडिसन पार्कमा भएको मर्सीसाइड डर्बी खेल गोलरहित बराबरीमा सकिएको हो ।
यो बराबरीसँगै लिभरपुललाई प्रिमियर लिग फुटबलको उपाधि जित्न कम्तिमा दुई खेल कुर्नुपर्ने भएको छ । लिभरपुल ३० वर्षपछि पहिलो पटक लिगको उपाधि जित्ने यात्रामा छ ।
एभर्टनसँगको बराबरीपछि लिभरपुलले ३० खेलबाट ८३ अंक जोडेको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ६० अंकसहित दोस्रो स्थानमा रहेको छ ।
प्रिमियर लिग फुटबलकै अर्को खेलमा चेल्सीले एस्टन भिल्लालाई २–१ ले हराएको छ ।
एस्टन भिल्लाको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन ओलिभर जिरु र पुलिसिचले एक एक गोल गरे ।
गएराति भएको अर्को खेलमा न्युकासल युनाईटेडले शेफिल्ड युनाईटेडलाई ३–० ले हरायो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्