Logo २९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026


एमसीसी खारेजीको माग गर्दै ललितपुरमा पदयात्रा


0
Shares

ललितपुर, असार ७ । एमसीसी परियोजना खारेजीको माग गर्दै ललितपुरमा सांस्कृतिक शान्ति पदयात्रा गरेको छ ।

ग्वार्कोबाट शुरु भएको सो पदयात्रामा राष्ट्रघाती भएको भन्दै एमसीसी खारेजीको माग गरिएको हो ।

यात्रा सुन्धारा, पाटन दरवार क्षेत्र, गाबहाल, नकबहील हुँदै च्यासलमा समापन गरिएको थियो ।
‘असार १२ गते दिउँसो १ बजे ‘बसन्तपुर जाऔं, राष्ट्रघाती एमसीसी खोरज अभियानमा सहभागी बनौं’ भनी आव्हान गरिएको पदयात्रा यात्रा असार ५ गते भक्तपुरको मध्यपुर थिमिको नगदेशबाट शुरु भएको थियो ।

नगदेशबाट साँखु पुगेर चाँगुनारायणमा बास बसी असार ६ गते भक्तपुर नगरमा यात्रा गरेको थियो भने पदयात्रा ७ गते पाटनको लुभु, सुनाकोठी हुँदै ललितपुर नगरको विभिन्न स्थानमा यात्रा गरेको थियो ।

राष्ट्रिय स्वाधीनता, सह अस्तित्व तथा सुशासनका लागि काठमाडौं उपत्यकाव्यापी नागरिक सांस्कृतिक शान्ति पदयात्रा स्थानीय जनतालाई जागरुक गराउन शुरु गरिएको अभियानका संयोजक सुमन साय्मीले बताए ।
एमसीसी खोरजको माग गर्दै अघि बढेको पदयात्रामा सहभागीले ‘उत्पादनशील भूमिको संरक्षण गर, संस्कृति, सम्पदाको संरक्षण गर, गुठी स्वायत्तता स्थापित गर, सभ्यता माथिको आक्रमण बन्द गर, सबै भ्रष्टाचारीहरुलाई कारवाही गर, नागरिक आवाजको सुनुवाई गर’ लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।