२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


कुलमानमाथि भ्रष्टाचारको आरोप, ‘प्रमाणित भए झुन्डिन तयार छु’, बैठकमै भनाभन (भिडियो)


0
Shares

काठमाडौं, जेठ ७ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुन्डिन तयार रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाअन्तर्गत्को सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ दल नेकपाका सांसद अमनलाल मोदीले घिसिङले भ्रष्टाचार गरेको आरोप लगाएपछि उनले प्रमाणित भए झुन्डिन तयार रहेको बताएका हुन् ।

सांसद मोदीले डेडिकेटेड फिडर तथा ट्रंकलाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब रुपैयाँ बढी भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

सांसद मोदीले लोडसेडिङ हटाएको जस लिएर घिसिङले प्राधिकरणमा भ्रष्टाचार गरिरहेको आरोप लगाए ।

जवाफमा कार्यकारी निर्देशक घिसिङले अनावश्यक आरोप नलगाउन आग्रह गर्दै आफूले कुनै भ्रष्टाचार गरेको प्रमाणित भए झुन्डिन तयार रहेको बताए ।

घिसिङले प्राधिकरणभित्र भ्रष्टाचार भए/नभएको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको स्पस्ट पारे ।

घिसिङले कतिपय विकासका काममा अल्झिएका मुद्दा सल्टाउन सांसदहरुले सहयोग गर्नुपर्नेमा कतिपय सांसदले नै अवरोध गरेको आरोपसमेत लगाए ।

बैठकमा घिसिङ र सांसद मोदीबीचको आरोप–प्रत्यारोप हुँदा घिसिङले प्राधिकरण इमान्दारिताका साथ काम गरिरहेको जिकिर गरेका थिए ।

भिडियो हेर्नुहोस्