२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


चिनियाँ जनताले बनाइदिए भूकम्पपीडितलाई पक्की घर


0
Shares

काठमाडौं, चैत १९ । चिनियाँ जनताले राजधानीको धर्मस्थलीका भूकम्पपीडित पाँच परिवारलाई स्थायी घर बनाइदिएका छन् ।

चीनको क्वाङचउ र सन्चनका बासिन्दाको आर्थिक सहयोगमा दुई/दुई कोठे पक्की घर बनाइएको हो ।

धर्मस्थलीमा शुक्रबार आयोजित कार्यक्रममा अरनिको समाजमार्फत् भूकम्पपीडित पाँच परिवारलाई घरको साँचो हस्तान्तरण गरियो ।

सरकार र दातृराष्ट्रले सहयोग गरे फेरि यस्ता घर निमार्ण गर्ने पनि सो समाजले जनाएको छ ।

गत वैशाख १२ गते गएको भूकम्प कारण धर्मस्थलीमा ४ सय ६१ ओटा घर नस्ट भएका थिए ।