२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


महिलाद्वारा उत्पादित सामग्रीको प्रदर्शनी


0
Shares

काठमाडौं, जेठ ४ । महिलाहरुको सीप तथा क्षमता विकास गर्ने र महिला सशक्तिकरणमा सहयोग पुर्‍याउने उद्देश्यले शनिबार काठमाडौंमा महिलाद्वारा उत्पादित सामग्रीहरुको प्रदर्शनी गरिएको छ ।

महिलाहरुलाई दीगो विकासमा समेट्ने तथा महिला सशक्तिकरण गर्न प्रदर्शनी आयोजना गरेको आयोजक व्यापार तथा पेसागत महिलाहरुको अन्तर्राष्ट्रिय संगठनले जनाएको छ ।

मेलामा २० ओटा भन्दा बढी विभिन्न महिला समूहबाट उत्पादित वस्तुहरु राखिएको थियो ।