 
	    कोलकाता, वैशाख २ । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाईट राईडर्सलाई ६ विकेटले पराजित गरेको छ ।
कोलकाताको ईडन गार्डेनमा भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनायो । कोलकाताका लागि गौतम गम्भिरले ६४ रन तथा मनिष पाण्डेले ५२ रनको योगदान दिए ।
जवाफमा १८८ रनको लक्ष्य मुम्बई इन्डियन्सले खेलमा ५ बल बाँकी छँदा ४ विकेट गुमाएर पुरा गर्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले अविजित ८४ रन तथा जोस बट्लरले ४१ रन जोडे ।
गएरातिको जीतसँगै मुम्बई इन्डियन्सले नयाँ सिजनको आईपिएल क्रिकेटमा अंकको खाता खोलेको छ ।
आईपिएल क्रिकेटअन्तर्गत आज बेलुकी हुने खेलमा दुई नयाँ टोलीहरु गुजरात लायन्स र राईजिङ पुने सुपरजाईन्ट्स भिड्नेछन् । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको पुने र सुरेश रैनाको कप्तानीका रहेको गुजरातबीचको यो भिडन्तलाई निकै महत्वका साथ हेरिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्