Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


तीर्थालु बोकेको कार पल्टिँदा आठ घाइते


0
Shares

झापा,बैशाख ५ । ताप्लेजुङको पाथीभरा मन्दिर पुगेर फर्किरहेका गरेको तीर्थालु बोकेको को१च ८११२ नंको स्कारपियो कार अनियन्त्रित भई पल्टिँदा आठजना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शनिअर्जुन नगरपालिका–८ कालीझोडा भन्ने स्थानमा आज बिहान कार दुर्घटनामा परेको झापाका प्रहरी नायब निरीक्षक सुनिलकुमार श्रेष्ठले जानकारी दिए । तीव्र गतिका कारण गाडी अनियन्त्रित बनेको बताइन्छ ।

घाइतेमध्ये सुनसरी निवासी ३० वर्षीया वसन्ती चौधरी र काठमाडौँ निवासी ५१ वर्षीया बिना भण्डारीको अवस्था गम्भीर रहेको बताइएको छ ।

त्यस्तै, मोरङको बेलबारी निवासी ३३ वर्षीय सञ्जु हुमागार्इं, सुनसरीको औरावनी निवासी ३४ वर्षीया एकादशीदेवी भगत, काठमाडौँ निवासी २६ वर्षीया विभा भण्डारी, सोही ठाउँ निवासी ४५ वर्षीया सविता निरौलालगायतका घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टर प्रालिमा उपचार भइरहेको छ । रासस