भैरहवा, जेठ ३ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाली पत्रकारितामा ‘भाइरस’ लागेको भन्दै त्यसलाई तह लगाउन मिडिया काउन्सिल विधेयक ल्याउन लागिएको बताएका छन् ।
शुक्रबार लुम्बिनीमा आयोजित नेपाल फोटो पत्रकार महासंघको राष्ट्रिय भेलामा मुख्यमन्त्री पोखरेलले मिडिया काउन्सिल विधेयकले ‘एन्टीभाइरस’कारुपमा काम गर्ने बताए ।
प्रदेश–५ का १० ओटा क्षेत्रलाई बुद्धकालीन सम्पदाकारुपमा विकास गर्ने र कपिलवस्तुलाई खुला संग्रहालय बनाउने प्रदेश सरकारको योजना रहेको पनि उनले सुनाए ।
फोटो पत्रकार महासंघले शनिबार बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनीसहित प्रदेश–५ का पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको तस्वीर प्रदर्शनी गर्ने भएको छ ।








प्रतिक्रिया दिनुहोस्