Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


चन्द्रागिरि नगरपालिकाले दीर्घरोगीलाई उपचार खर्च दिने


0
Shares

काठमाडौं, जेठ ३ । चन्द्रागिरि नगरपालिकाले दीर्घरोगीका लागि उपचार खर्च दिने भएको छ ।

नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने कुनैपनि नागरिकमा दीर्घरोग लागेमा उनीहरुलाई रु २५ हजारसम्म आर्थिक सहयोग गरिने नगर उपप्रमुख लिसा नकर्मीले बताइन् ।

नगरपालिकामा रहेका मुटुरोगी, अर्बुद, मिर्गौलालगायत रोगबाट पीडितलाई वार्षिक एकपटकमा रु २५ हजार उपचार खर्च उपलब्ध गराउने नीति ल्याइएको हो ।

नगर कार्यालयको सो निर्णयपछि विपन्न रोगीलाई थप सहयोग पुग्ने उपप्रमुख नकर्मीको भनाइ छ ।

रोग लागेको अस्पताल तथा चिकित्सकबाट प्रमाणित भएपछि निवेदनका आधारमा उक्त रकम उपलब्ध गराउने भनिएको छ ।

दीर्घरोबाट बचाउन नगरपालिकाकाले विशेष स्वास्थ्य नीति तथा कार्यक्रमसमेत अघि सारेको नगरपालिकाले जनाएको छ ।

साथै, नगरपालिकाले ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य परीक्षण अभियान पनि सन्चालन गर्दै आएको छ ।

यो कार्यक्रम ९ ओटा वडामा सन्चालन भइरहेको र अन्य वडामा पनि यो अभियानलाई निरन्तरता दिने उपप्रमुख नकर्मीले बताइन् । रासस