२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


असिना–पानीले नौं करोडको बालीनालीमा क्षति


0
Shares

कास्की, बैशाख ९ । केही दिन पहिले कास्कीमा परेको असिना पानीले नौं करोड रुपैयाँभन्दा बढीको बालीनालीमा क्षति भएको छ ।

राष्ट्रिय कृषक समूह महासंघ जिल्ला समिति कास्कीले हावाहुरी तथा असिना पानीले बालीनालीमा ठूलो क्षति पुर्‍याएको तथ्यांक सार्वजनिक गरेको हो ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रमेश कोइरालाले असिनापानीले तरकारी, प्लाष्टिक घर, फलफूल, गहुँ, जौ, उवा, मसुरो, मकै र फापरलगायतका बालीमा क्षति पुर्‍याएको बताए ।

कार्यालयले अघिल्ले वर्ष पनि २१ करोड रुपैयाँ बराबरको बालीनालीमा क्षति भएको जनाएको छ ।