
काठमाडौं, असार २८ । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. भोजराज अधिकारीमाथि ‘गृहमन्त्री रामबहादुर थापाको आदेशमा अपहरण शैलीमा’ भएको व्यवहारप्रति सरकारी चिकित्सक संघले आपत्ति जनाएको छ ।
संघले एक विज्ञप्ति निकाली ‘ट्रमा सेन्टरबाट अपहरण शैलीमा गृह मन्त्रालय पुर्याइ डा. अधिकारीलाई गैरकानुनी काम गर्न दबाब दिएको’ भन्दै विरोध गरिएको हो ।
चिकित्सकहरु सरकारबाट नै असुरक्षित भएको भन्दै संघले विरोध गरेको हो ।
गत मंगलबार गृहमन्त्री थापाले वीर अस्पताल परिसरमा रहेको ट्रमा सेन्टरबाट अपहरण शैलीमा मन्त्रालयमा लगी गलत रिपोर्ट बनाउन दबाब दिएको डा. अधिकारीले बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्