Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


साउदीबाट २ सय ४७ नेपाली आज काठमाडौ आइपुगे, यूएई र कतारबाट पनि आउँदैं


0
Shares

काठमाडौं । साउदीको रियादबाट २४७ जना नेपाली काठमाडौ आइपुगेका छन् ।

नेपाल एअरलाइन्सको उडानबाट एक नाबालकसहित २४७ जना नेपालीहरु आज बिहान स्वदेश आइपुगेका हुन् ।

६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका १२ जना महिला र बाँकी पुरुष आज स्वदेश फर्किएका हुन् ।

यस्तै आज यूएई तीन उडानमार्फत नेपाली स्वदेश फर्कनेछन् भने कुवेतमा आममाफीमा सहभागी नेपाली पनि स्वदेश फर्कंदैछन् ।

त्यसैगरी आज कतारको दोहाबाट पनि समस्यामा परेका नेपाली फर्कंदैछन् भने मलेसियाबाट पनि नेपाली फर्कने छन् ।