Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


हिमालयन बैंकले सुरु गर्‍यो ‘एक्सपेरियन्स नेपाल’ अभियान


0
Shares

काठमाडौं, जेठ २ । हिमालयन बैंकले नेपालमा पर्यटन प्रवर्द्धनलाई लक्षित गरी नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्सप्रेसको सहकार्यमा ‘एक्स्पेरियन्स नेपाल’ अभियान सुरु गरेको छ ।

बैंकले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर यस अभियानको शुभारभ्भ गरेको जानकारी गराएको हो ।

अभियान अवधिभरमा नेपाल घुम्न आउने अमेरिकन एक्सप्रेस कार्डधारी पर्यटकले नेपालको विभिन्न सुविधाका साथै हिमालयन बैंकको ८० भन्दा बढी मर्चेन्ट पार्टनरहरु होटल, रेस्टुराँ, साहसिक खेल पर्यटन, स्थानीय कलाकृति खरिदमा छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस अभियानले पर्यटन प्रवर्द्धन तथा भिजिट नेपाल २०२० लाई पनि सहयोग पुर्‍याउने बताए ।

यो अभियान २०२० जुनसम्म चल्नेछ ।

हिमालयन बैंकले मुलुकभर ५७ ओटा शाखा र ११५ ओटा एटीएममार्फत् अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउँदै आएको जनाएको छ ।

Skip This