धनकुटा । नेपाली कांग्रेसका नेता डा.रामशरण महतले सरकारले जनताको पक्षमा कुनै पनि राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् ।
प्रेस युनियन धनकुटा शाखाले आज धनकुटामा गरेको पत्रकार सम्मेलनमा नेता डा. महतले सरकार कामभन्दा पनि प्रचारबाजीमा बढी लागेको आरोप लगाएका हुन् ।
उनले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि आत्मप्रसंशा र आत्मप्रचारमा केन्द्रित रहेको दाबी गरे ।
सरकारले कांग्रेसको पालामा सुरु गरेका कामको जस लिने प्रयास गरिरहेको उनको भनाइ थियो ।
नेता डा. महतले सरकार अधिनायकवादतर्फ उन्मुख भइरहेको आरोपसमेत लगाए । मिडिया काउन्सिल विधेयक त्यसको उदाहरण भएको उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्