Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


प्रेसलाई सन्चार मन्त्रालयको शाखाकारुपमा परिणत गर्न खोजियो : निधि


0
Shares

जनकपुरधाम, वैशाख ३१ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रेस स्वतन्त्रता जोगाउन नेपाली कांग्रेसले प्रेस जगतलाई सधैं साथ दिने बताएका छन् ।

मंगलबार जनकपुरधाममा प्रेस युनियन धनुषाले गरेको पत्रकार सम्मेलनमा उनले प्रेस काउन्सिल ऐन क्रियाशील रहेकै अवस्थामा मिडिया काउन्सिल गठन गर्नुको औचित्य नरहेको बताए ।

सरकारले प्रेस जगतलाई सन्चार मन्त्रालयको शाखाकारुपमा परिणत गर्न खोजेको आरोप उनले लगाए ।

निधिले प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्नु लोकतन्त्रमाथिको आक्रमण हो भन्दै तत्काल मिडिया काउन्सिल विधेयकलाई फिर्ता लिन सुझाव दिए ।

Skip This