
भैरहवा, वैशाख ३१ । लामो समयको प्रतिक्षापछि भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा शक्ति मिनरल्स प्रालि सन्चालनमा आएको छ ।
मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले उद्योगको उद्घाटन गर्दै नेपालमा निर्यातमुखी उद्योगहरु स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले अहिले आयात ९४ प्रतिशत र निर्यात ६ प्रतिशतमात्र रहेकाले उत्पादनमा बढी जोड दिन सबै क्षेत्रलाई आग्रह गरे ।
मन्त्री यादवले सरकारले नयाँ नीति बनाएर निजी क्षेत्रसित सहकार्य गरेर वा ‘लिज’मा लिएर भएपनि उद्योगहरु सन्चालन गर्ने पक्षमा रहेको बताए ।
४० करोड रुपैयाँको लगानीमा स्थापना गरिएको उद्योगमा १५५ जनाले प्रत्यक्ष र ५०० जनाले अप्रत्यक्ष रोजगारी पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्