३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


धरहरा पुनःनिर्माणका लागि जिफन्टद्धारा कोष स्थापना


0
Shares

काठमाडौं, वैशाख १९ । ‘मै बनाउँछु मेरो धरहरा’ राष्ट्रिय अभियानअन्तर्गत् नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले ३ लाख ८७ हजार ४ सय १८ रुपैयाँको धरहरा पुनःनिर्माण कोष स्थापना गरेको छ ।

१ सय २७औं मे दिवसको अवसरमा आइतबार काठमाडौंको भृकुटीमन्डपमा आयोजित कार्यक्रममा उक्त कोष घोषणा गरिएको हो ।

कोषमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं जिफन्ट अध्यक्ष विष्णु रिमालले आफ्नो तीन दिनको तलब प्रदान गर्ने घोषणा गरे ।

‘आजैबाट धरहरा बनाउन म पनि सामेल’ जिफन्टको यो अभियानमा सम्पूर्ण श्रमिकहरुलाई एक दिन बराबरको तलब प्रदान गर्न जिफन्टले आह्वान गरेको छ ।

यो साल नवनिर्माण र पुनःनिर्माणको निम्ति महत्वपूर्ण भएकाले सबै श्रमिकलाई यो अभियानमा सामेल हुन रिमालले आग्रह पनि गरे ।