
ताप्लेजुङ, बैशाख २० । ताप्लेजुङमा रहेको विश्वकै तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघामा आरोही जान छाडेका छन् ।
गत वर्ष बैशाख १२ को भूकम्प, त्यसपछिको पराकम्पन र बाढि पहिरोले भत्काएको बाटो मर्मत हुन नसक्दा आरोही र पर्यटकसमेत घुम्न जान छाडेको स्थानीयको गुनासो छ ।
पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा ज्ञानेन्द्र श्रेष्ठका अनुसार गत वर्षको दुबै सिजनमा कसैले आवेदन नदिएको तथा यस बर्षपनि आवेदन आएको छैन ।
पदयात्राका लागि जोखिमपूर्ण हुँदा समेत सरकारले चासो नदिँदा आरोहीको संख्या घटेको पर्यटन व्यवसायीहरु बताउँछन् ।
८ हजार ५ सय ८६ मिटर अग्लो यस हिमालमा आरोही जाने मूख्य समय असोज–कात्तिक र चैत–वैशाखमा उपयुक्त मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्