
काठमाडौं, वैशाख २० । सोमबार पनि शेयर बजार उकालो लागेर उचाइको नयाँ रेकर्ड राख्नेक्रम जारी रह्यो ।
बजार परिसूचक नेप्से साढे ९ अंक बराबरले उकालो लागेर १४ सय ७४ दशमलव चार सातको उचाइमा पुग्यो । बीमा, वाणिज्य बैंक र जलविद्युत् समूह सकारात्मक रहेसँगै नेप्सेमा सुधार आएको हो ।
बीमा समूहमा १ सय अंकको उच्च सुधार आयो भने वाणिज्य बैंक समूह पनि १३ अंकले उकालो लाग्यो । जलविद्युत् समूह सामान्य अंकले धनात्मक रह्यो । होटल, वित्त र विकास बैंक समूह भने ओरालो लागे ।
होटल समूहमा सबैभन्दा उच्च २४ अंकको गिरावट आयो । अरु समूह सामान्य अंकले झरेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २५ कम्पनीको ८ लाख ५१ हजार कित्ता शेयर ७६ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्