३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


सुनको भाउ ३ सयले घट्यो


0
Shares

काठमाडौं, वैशाख २० । पछिल्ला दिन उच्चदरले उकालो लाग्दै गरेको सुनको मूल्यमा सोमबार सामान्य गिरावट आएको छ ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्यमा ३ सय रुपैयाँले कमी आएर ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन आइतबार प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि ५ रुपैयाँ सस्तिएर ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १२ सय ९८ डलर हाराहारीमा कारोबार भएको थियो ।