काठमाडौं, वैशाख ३१ । संसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाको शर्त सम्बन्धमा छलफल भएको छ ।
आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले निजामती सेवाको गठन प्रकृया र व्यवस्था गर्न बनेको विधेयकबारे आफ्नो धारणा राखेका छन् ।
सांसद दिलेन्द्रप्रसाद बडुले निजामती सेवालाई प्रभावकारी बनाउनु पर्ने बताए । उनले संघ, प्रदेश र स्थानीय तीनै तहमा निजामती कर्मचारीको सेवा, सुविधा एउटै हुनुपर्नेमा जोड दिए ।
सांसद रामकुमारी झाँक्रीले निजामती सेवा प्रभावकारी हुन नसकेको भन्दै कानुन निर्माणकै क्रममा प्रभावकारी छलफल हुनु पर्ने बताइन् ।
बैठकमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती सेवालाई प्रभावकारी बनाइने बताए । उनले सांसदहरुको सुझाव संकलनपछि कानुन निर्माण गरिने भएकाले अर्को बैंठकपछि निर्णयमा पुगिने जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्