
पोखरा, वैशाख २२ । पोखरा रंगशाला परिसरको सडक कालोपत्रे हुने भएको छ ।
लामो समयदेखि धुलाम्य बनेको ११० मिटर लम्बाई र १० मिटर चौडाईको सडक कालोपत्रे गरिन लागेको हो ।
सडक कालोपत्रे गर्न १० लाख ३ हजार ९ सय ११ रुपैयाँ लाग्ने बताइएको छ ।
कुल लागतमध्ये आठ लाख रुपैयाँ पोखरा उपमहानगरपालिका र बाँकी जिल्ला खेलकुद विकास समितिले बेहोर्ने सहमति भएको जिल्ला खेलकुद विकास समिति, कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।
आगामी जेठ २५ गतेभित्रमा कोलोपत्रे गरिसकिने लक्ष्य राखिएको छ ।
कालोपत्रे नहुँदा धुलाम्य बनेको सडकका कारण खेलाडीहरू समस्यामा पर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्