१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


कतारले दियो नेपाललाई ९ ओटा अत्याधुनिक मर्सिडिज बेन्ज कार उपहार


0
Shares

काठमाडौं, वैशाख २२ । कतार सरकारले नेपाल सरकारलाई ९ ओटा अत्याधुनिक मर्सिडिज बेन्ज कार उपहार दिएको छ ।

कतारले दिएको ९ ओटा मर्सिडिज बेन्जमा ८ ओटा इ सिरिजका र एउटा मर्सिडिज जिप रहेका छन् ।

बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि कतारका राजदूतले उपप्रधान तथा परराष्ट्रमन्त्रीलाई कारको साँचो हस्तान्तरण गरेका हुन् ।

यी कार विदेशी विशिष्ट पाउनका लागिमात्रै प्रयोग हुने परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले बताए ।

नेपालमा छिट्टै बिमस्टेक शिखर सम्मेलन आयोजना हुँदैछ भने सार्कसम्बन्धी उच्चस्तरीय बैठकहरु पनि हुनेछ ।

२०७१ मंसिर काठमाडौंमा सम्पन्न सार्क शिखर सम्मेलनका लागि विशिष्ट पाहुनाहरुलाई आवत–जावत गर्न नेपालले यस्ता गाडी भारतबाट भाडामा ल्याएको थियो ।