Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


नेकपाको सरकार ‘बाँदरको हातमा नरिवल’ : पौडेल


0
Shares

विराटनगर, वैशाख २९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टको दुईतिहाइ सरकारले जनताको बलिदानबाट ल्याएको गणतन्त्रलाई मास्ने काम गरिरहेको आरोप लगाएका छन् ।

आइतबार नेपाल महिला संघ मोरङले विराटनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गदै लोकतन्त्र उल्टाउनेखालको कदम चालेको दाबी गरे ।

उनले अहिलेको सरकार गणतन्त्रलाई संस्थागत गर्नेभन्दा पनि मास्ने कार्यमा लागेको र नेकपाको सरकार ‘बाँदरको हातमा नरिवल’ भएको बताए ।