Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


विकासको नयाँ मोडल आवश्यक : मुख्यमन्त्री राई


0
Shares

धनकुटा, वैशाख २९ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले विकासको नयाँ मोडल आवश्यक रहेको बताएका छन् ।

आइतबार धनकुटामा मुख्यमन्त्री सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले समृद्धिका लागि आधुनिक तथा दीगो ढंगबाटमात्र विकास निर्माणको कार्यलाई अगाडि बढाउनुपर्ने बताए ।

तत्कालीन क्षेत्रीय प्रशासन कार्यालयलाई मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा पुरानो तालिम केन्द्रमा यातायात कार्यालय सन्चालन गरिएको हो ।