
बनेपा, वैशाख २९ । काभ्रेपलाञ्चोकमा बालयौन दुराचार गरेको आरोपमा पक्राउ परेका एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकले माझीफेदा–२ घर भई सल्लेभुम्लु–९ बस्ने २२ वर्षीय नारायण गौतमलाई स्थानीय ११ वर्षीय एक बालकसँग अप्राकृतिक मुखमैथुन गरेको भन्दै पुर्पक्षका लागि मङ्गलबार जिल्ला कारागार धुलिखेल चलान गरेको हो ।
उनलाई गत वैशाख ३ गते पीडितको आफन्तको उजुरीका आधारमा पक्राउ गरिएको हो । (रासस)
प्रतिक्रिया दिनुहोस्