२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


‘पत्रकारिता पेसा नै छाड्ने जोखिम बढ्यो’


0
Shares

काठमाडौं, वैशाख २९ । नेपाल पत्रकार मञ्चले पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका पत्रकारहरुलाई सम्मान गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मञ्चले प्रताप स्मृति पत्रकारिता पुरस्कार चन्द्रमणि भट्टराई र सीतादेवी ढकाल स्मृति पत्रकारिता पुरस्कार पत्रकार बैकुण्ठ भण्डारीलाई प्रदान गर्‍यो ।

यस्तै, अग्रज पत्रकारिता सम्मान इजहर महमत मिक्रोनी र पूर्णबहादुर महर्जनलाई प्रदान गरिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै विधेयक जस्ताको तस्तै पारित भए धेरैले पत्रकारिता पेसा नै छाड्ने जोखिम बढेको बताए ।