१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


शेयर बजारमा सामान्य गिरावट


0
Shares

काठमाडौं, वैशाख २९ । पछिल्ला दिन निरन्तर जसो बुलिस ट्रेन्डमा रहँदै आएको शेयर बजारमा बुधबार सामान्य गिरावट आयो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंक बराबरले ऋणात्मक रही १४ सय ८१ कायम भयो । कारोबार यसदिन पनि अर्ब नाघ्यो ।

यसदिन कारोबार भएकामध्ये आधा समूह धनात्मक रहे भने आधा ऋणात्मक रहे । अन्य, उत्पादनमूलक, वाणिज्य बैंक र जलविद्युत् समूह ओरालो लागेका हुन् भने बीमा, होटल विकास बैंक र वित्त समूह उकालो लागे ।

उत्पादनमूलक समूह दोहोरो अंकले ओर्लियो भने अरु सामान्य अंकले घटेका हुन् । बीमा समूहमा ९१ अंकको उच्च बृद्धि आयो । होटल समूह पनि १८ अंकले बढ्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३५ कम्पनीको १७ लाख ९६ हजार कित्ता शेयर १ अर्ब १० करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।