
भुवन भट्ट/सहदीप केसी (इमेज)
काठमाडौं, वैशाख ३० । सूचना तथा प्रविधिको तीव्र विकाससँगै योसँग जोडिएर हुने अपराध पनि बढ्दै गएका छन् । पछिल्लो समयमा सूचना–प्रविधिलाई दुरुपयोग गर्नेक्रम बढिरहेको छ ।
प्रविधि दुरुपयोग गरी अपराध गर्नेक्रम बढे पनि पर्याप्त कानुनी व्यवस्था नहुँदा कारबाहीमा समस्या पर्ने गरेको छ ।
‘तपाइँलाई करोडौंको चिट्ठा पर्यो, रकम प्राप्त गर्नका लागि बैंकको खाता नम्बर पठाउनुहोस्’ भनेर मेसेज आउन सक्छ । तपाइँले आफ्नो खाता नम्बर पठाउनुभयो भने तपाइँको खातामा भएको रकम स्वाहा हुनसक्छ ।
त्यसैगरी, फेसबुक, ट्वीटर जस्ता सामाजिक सन्जालबाट धम्की दिने, गाली–गलौज गर्ने र फोटो जोडेर चरित्र हत्या गर्नेसम्मका हर्कतहरु अहिले भइरहेका छन् ।
बैंक एटीएमको पिन, न्यूज पोर्टल, फ्यानपेज ह्याक गर्नेदेखि महिलालाई सताउने जस्ता आपराधिक क्रियाकलाप बढेको प्रहरी बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्