Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


संसद सञ्चालनमा देखिएका त्रुटीहरु सच्याएर अगाडि बढ्नुपर्छ : नेम्वाङ


0
Shares

काठमाडौं, वैशाख २९ । पूर्वसभामुख एवं नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले संसद सञ्चालनमा देखिएका त्रुटीहरु सच्याएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

ईमेज एफएम(97.9 र 103.6)सँग आइतबार बिहान कुरा गर्दै नेम्वाङले जीवन्त संसदको लागि हुने गरेका टिप्पणीहरु स्वभाविक भएको बताए ।

सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा उठेका केही कुरा अस्वाभाविक भएको नेम्वाङको बुझाइ छ ।

सभामुख कुनै एक दलको नभएर सबैको साझा भएकाले पछिल्लो समय उठेका कुराहरु ध्यानमा राखेर सभामुख कृष्णबहादुर महरा अघि बढ्नुपर्ने नेम्वाङको सुझाव छ । संसदमा राम्रा नराम्रा दुबै खाले अनुभवहरु हुने स्वीकार्दै नेम्वाङले राम्रा नजिरहरुलाई मात्रै आत्मसाथ गर्नुपर्ने बताए ।

प्रधानमन्त्री, तथा माननीयहरु जो सुकैले पनि संसदको मर्यादा राख्नुपर्ने उनले बताए ।

एक अर्को प्रसंगमा नेम्वाङले नेकपा एकिकरणका बाँकी कामहरु यही जेठ ३ गते पूरा हुने जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणमा जानुपूर्व नै एकताका बाँकी काम टुंगिसकेको उनको दावी छ ।