Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


प्रि–बजेट छलफल आजदेखि सुरु हुँदै


0
Shares

काठमाडौं, वैशाख २९ । संघीय संसद्को प्रतिनिधिसभामा आजबाट आगामी आर्थिक वर्ष २०७६/७७ को प्रि–बजेट छलफल सुरु हुँदैछ ।

११ बजे बस्ने बैठकमा प्रि–बजेटमाथि छलफल हुन लागेको हो । यसअघि शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

नीति तथा कार्यक्रमभन्दा पहिला प्रि–बजेटबारे छलफल गर्ने संसदीय परम्परा भए पनि सरकारले यस वर्ष नीति कार्यक्रम पारित भएपछि प्रि–बजेटमाथि छलफल गराउन लागेको हो । मंगलबारसम्ममा प्रि–बजेट छलफल सक्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।

आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा पेश गर्नुपर्ने र त्यसको १५ दिन अगावै प्रि–बजेटमाथि छलफल सक्नुपर्ने संवैधानिक व्यवस्था छ ।