
काठमाडौं, वैशाख ३१ । पूर्वजलस्रोत मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आर्थिक उन्नतिका लागि जलविद्युत उत्पादनको कुनै विकल्प नरहेको बताएका छन् । उनले भारतसँगको व्यापार घाटालाई विद्युत व्यापारले मात्र असुलउपर गर्नसक्ने दावी गरेका छन् ।
नीति तथा कार्यक्रममाथि सदनमा बोल्दै कार्कीले भने, ‘दश वर्षमा २० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिनु पर्छ ।’
छिमेकी मुलुक विद्युत अभावमा छटपटिएको उल्लेख गर्दै उनले भने, ‘हामीसँग विद्युत उत्पादनको अथाह सम्भावना छ, पन्ध्रहजार मेगावाट विद्युत भारतलाई बेच्न सकियो भने भारतसँगको व्यापारघाटा सन्तुलनमा आउने र मुलुक अर्थिक उन्नतितर्फ लाग्ने उनले बताए ।’
उनले नीति तथा कार्यक्रम महत्वाकांक्षी र प्रचारमुखी रहेको बताउँदै जनतालाई सम्भव हुने कुराको मात्र आश्वासन दिनु पर्ने बताए ।
उनले भूकप्प पिडीतहरुलाई अझै व्यवस्थित गर्न नसक्ने सरकारले ठूला योजना ल्याउनु लज्जाको विषय भएको भन्दै सरकारले कालो बजारीलाई नियन्त्रण गर्न नसक्नु आश्चर्यको कुरा भएको बताए ।
कार्कीले नागरिक सामान्य औषधी गर्न नपाएर छटपटिएका बेला सरकारले गाउँ गाउँ हेलिप्याडको योजना सार्वजनिक गर्नु हास्याँस्पद भएको बताए ।
प्रतिक्रिया दिनुहोस्