
बर्दिया, वैशाख ३१ । पाटेबाघ मारेको अभियोगमा १२ वर्ष कैद सजाय तोकिएका सुर्खेतका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
हरिहरपुर गाविस–१ का राजबहादुर भनिने लालबहादुर विकलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले महेन्द्रनगरको बनवासास्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो ।
लामो समयको खोजतलास र सुराकीपछि ब्यूरोले विकलाई पक्राउ गरेको हो । पाँच वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा छाडिएको ‘नमोबुद्ध’ नाम दिइएको बाघ मारेको अभियोगमा उनलाई अदालतले कैद सजाय सुनाएको थियो ।
घटनामा संलग्न गोविन्दराम शर्मा, चित्रबहादुर अधिकारी, हरि राना र कर्णबहादुर नेपाली बर्दिया कारागार चलान भएका थिए तर, विक भने फरार रहँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्