४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


भारतको बरौनीबाट नेपालका लागि इन्धन ढुवानी सुचारु


0
Shares

पर्सा, वैशाख ३१ । ट्यांकर चालकले अवरुद्ध गरेको इन्धन ढुवानी शुक्रबार दिउँसोपछि सुचारु भएको छ ।

नेपाली ट्यांकर चालकलाई कुटपिट गरेका रक्सौलस्थित भारतीय प्रहरीका प्रहरी निरीक्षक राजश्वरप्रसाद साहलाई त्यहाँबाट हटाइएपछि भारतको बरौनीबाट नेपालका लागि इन्धन ढुवानी सुचारु भएको हो ।

दोषी प्रहरीलाई कारबाही र ट्यांकर चालकलाई सुरक्षाको प्रत्याभूति गराएपछि ढुवानी सुचारु भएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्जका प्रमुख खिलेन्द्र कार्कीले जानकारी दिए ।

शुक्रबार वीरगन्जबाट रक्सौल नाका हुँदै ३० ओटा ट्यांकर बरौनीका लागि पठाइएको उनले बताए ।

रक्सौल प्रहरीका निरीक्षक साहले माग गरेको घुस रकम दिन नमानेपछि ट्यांकर चालकलाई कुटपिट गरी घाइते बनाएको विरोधमा ट्यांकर चालकहरुले विहीबार बिहानैदेखि ढुवानी अवरुद्ध गरेका थिए ।

घुस नदिएपछि तलागार तीन दिनदेखि ट्यांकर चालकलाई भारतीय सुरक्षाकर्मीले कुटपिट गर्न थालेपछि सुरक्षाको माग गर्दै चालकहरुले इन्धन ढुवानीलाई अवरुद्ध गरेका थिए ।

बरौनीबाट वीरगन्ज नाका हुँदै दैनिक ४० देखि ४५ ट्यांकर डिजेल, पेट्रोल तथा हवाई इन्धन भित्रिने गरेको नेपाल आयल निगमले जनाएको छ । रासस

फाइल फोटो