Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


सुनचाँदीको मूल्यमा सामान्य उतार–चढाव


0
Shares

काठमाडौं, जेठ १ । यो साता पनि सुनचाँदीको मूल्यमा सामान्यमात्र उतार–चढाव आइ उच्चमूल्य कायमै रह्यो ।

आइतार स्थानीय बजारमा छापावाल सुन प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार र मंगलबार ओरालो लागेकोमा बुधबारदेखि पुनः उकालो लागेर ५६ हजार २ सय रुपैयाँमा कारोबार हुन पुग्यो । त्यसयता यसै मूल्यमा स्थीर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी पनि आइतबार ७ सय ९० रुपैयाँमा कारोबार भएकोमा मंगलबार केही ओरालो लाग्दै बुधबारदेखि ७ सय ८५ रुपैयाँमा स्थीर रह्यो ।

विश्वको शेयर बजारमा आएको गिरावट एवं लगाताररुपमा अमेरिकी रोजगारीमा आएको कमीले गर्दा डलरको मूल्य खस्कने आँकलनले सुरक्षित लगानीको लागि माग उच्च हुँदा सुनको मूल्य करिब दुई वर्षयताकै उच्च कायम भएको महासंघको विश्लेषण छ ।