
काठमाडौं, वैशाख २८ । काठमाडौंको क्षेत्रपाटीस्थित जुद्धोदय माध्यमिक विद्यालयले शनिबार पुनर्मिलन समारोह आयोजना गरेको छ ।
पुनर्मिलन समारोहमा विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरुको सहभागिता थियो ।
कार्यक्रममा सांसद रामवीर मानन्धरले विद्यालयको भौतिक संरचना निर्माणले गति लिनुपर्ने भन्दै आवश्यक सहयोग गर्ने बताए ।
विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरुले भने विद्यालयको शैक्षिकस्तर सुधारमा जोड दिनुपर्ने बताए ।
वि.सं. १९९५ सालमा स्थापना भएको यस विद्यालयमा अध्ययन गरेका विभिन्न विद्यार्थी देशको उच्च ओहोदामा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्