
काठमाडौं, जेठ २ । गत वर्षको भूकम्पबाट भत्किएको धरहरा बनाउन नेपाल एसबीआई बैंकले सरकारलाई ५ करोडभन्दा बढीको सहयोग गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर बैंकका पदाधिकारीले ५ करोड २१ लाख रुपैयाँको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।
“मै बनाउँछु धरहरा” अभियानअन्तर्गत धरहरा पुनर्निर्माणको थालनी गरिएको छ । धरहरा अफैँ बनाउने अभियान सुरु गर्दै प्रधानमन्त्री केपी ओलीले यसअघि एक महिनाको पारिश्रमिक प्रदान गर्ने घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्