
-दुर्गा उपाध्याय/ईमेज
कन्चनपुर । कामप्रतिको दृढ संकल्प, उच्च आत्मविश्वास र अविच्छिन्न मेहनत गरियो भयो भने जोकोहीले पनि सफलता प्राप्त गर्न सक्छ भन्ने पुष्टि गरेका छन्– कञ्चनपुरको भीमदत्त नगरपालिका उल्खाटामका नरबहादुर साउदले ।
ठूलाठूला बज्रपात र नमिठा चोटले थिचिएको जीवनभित्र सुरु गरेको लेखनयात्राले उनलाई मदन पुरस्कार विजेतासम्म बनायो ।
पुरानो घर, खुइलिसकेका भित्ता, सुनसान वातारवण । त्यहीँ परिस्थितिबीच घरको आँगनमा ह्विल चियरमा एउटा हँसिलो अनुहार देखियो । त्यो थियोे मदन पुरस्कार विजेता नरबहादुरको ।
धेरैको जीवन सोँचेजस्तो हुँदैन । भीमदत्त नगरपालिका–२ उल्टाखामका नरबहादुरको जीवनमा पनि त्यस्तै नसोचेको भयो । २०४६ सालमा जागिरे जीवनमा प्रवेश गरेको एक वर्षमै उनको जीवनमा अकल्पनीय बज्रपात प¥यो ।
तालिम दिन जाँदा गाडी दुर्घटनामा परेर मेरुदण्ड नै भाँचिएपछि उनको कहालीलाग्दो दिन सुरु भयो । दुर्घटनाबाट शरीर क्षतविक्षेत बनेपछि उनी श्रीमतीबाट पनि उपेक्षित बन्दै गए ।
सुख दःुखमा साथ दिने श्रीमतीले पनि छाडेर गइन् । त्यसैबीचमा भएको एउटा भाइको पनि हृदयघातका कारण निधन भएपछि उनको जीवनमा चोटमाथि चोट थपियो ।
शोकमय जीवनलाई शक्तिमा बदल्न उनले आफूलाई लेखन कार्यमा संलग्न गराउन लागे ।
अनेक दुःख र पीडाका पहाडहरुलाई छिचोल्दै लेखनकार्यमा लागेका साँउदले २०६६ सालमा ‘नेपालका बालीनाली र तिनको दिगो खेती’ नामक पुस्तक लेखेर मदन पुरस्कार जिते ।
बिएससीसम्मको अध्ययन गरेका साउद पछिल्लो समय संस्कृत अध्ययनमा लागेका छन् ।
शारीरिक रुपमा अशक्त उनी बहिनी जानकी र ९० वर्षीय बुवा धनबहादुरको सहारामा बाँचिरहेका छन् ।
अक्तताका बावजुत साउँदको मेहनतले सफलता पाएपछि त्यसले परिवारमा हौसला मिलेको नरबहादुर बहिनी जानकी बताउँछिन् ।
साउदका अन्य पुस्तकहरु केही प्रकाशित केही प्रकाशोन्मुख छन् । उनले ह्वियल चेयर तथा ओछ्यानमै पल्टेर लेखनकार्य गर्छन् ।
किसानहरुलाई खेती गर्ने तरिकाबारे सिकाउन र प्रविधिको विकास गर्न आवश्यक रहेको उनको भनाइ छ ।
पाँच दाजुभाइमध्ये चार जनालाई दैवले खोसेपछि उनी बुबाको सहारामा एक्लै बाँच्नुपरेको छ ।
बुढेकासकालको सहारा छोरो नै ह्विल चेयरमा देख्दा बुवालाई पनि नरमाइलो अनुभूति हुन्छ ।
दोस्रो पुस्तक ‘च्याउ खेती’ पनि बजारमा ल्याएका साउँदले नयाँ पुस्तक ‘तरकारी खेती’ लेखन जारी राखेका छन् ।
लेखनका माध्यमबाट सुदूरपश्चिमको भूमि चिनाएका उनी हामी सबैका अमूल्य निधि हुन् ।
प्रतिक्रिया दिनुहोस्