२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


आदिवासीका लागि गरिबी निवारण कोषको कार्यक्रम बढी प्रभावकारी : विश्व बैंक


0
Shares

काठमाडौँ, ३ जेठ । आदिवासीको उत्थानसम्बन्धी विभिन्न कार्यक्रममध्ये गरिबी निवारण कोषद्वारा सञ्चालित कार्यक्रम निकै प्रभावकारी रहेको विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले संसारभर सन्चालन गरेका कार्यक्रमको मूल्यांकनका आधारमा हालै आफ्नो वेबसाइटमा प्रकाशित आलेखमा नेपालमा कोषले सन्चालन गरेको गरिबी निवारण कार्यक्रमबाट आदिवासीका बासिन्दा बढी लाभान्वित भएको देखाएको छ ।

बैंकले सन् २०१४ मा गरेको एक अध्ययनलाई आधार मान्दै आदिवासी समुदायमा कोषको कार्यक्रमबाट झन्डै १८.५ प्रतिशत गरिबीको दर कम भएको देखिन्छ ।

कोषको कार्यक्रमबाट लाभान्वित करिब सात लाख घरधुरीमध्ये एक तिहाइभन्दा बढी अदिवासी जनजातिका परिवार रहेको कोषका कार्यकारी निर्देशक नहकुल केसीले जानकारी दिए ।

कोषबाट सन्चालित कार्यक्रम सामुदायिक संस्थामार्फत् कार्यान्वयन हुने र ती संस्थाको अध्यक्ष दलित, आदिवासी, जनजाति र महिला नै हुनुपर्ने व्यवस्था छ ।

नेपाल सरकार र विश्व बैंकको सहयोगमा हाल कोषले देशका ५५ जिल्लामा आफ्ना कार्यक्रम सन्चालन गर्दै आएको छ । रासस