
काठमाडौं, जेठ ३ । सोमबार पनि शेयर बजारमा गिरावट जारी रह्यो ।
बजार परिसूचक नेप्से झन्डै १० अंक बराबरले ओरालो लागेर १४ सय ६७ मा आइपुग्यो । कारोबार परिमाण पनि ६७ करोड बराबरमै खुम्चियो ।
विकास बैंकबाहेक अरु कारोबार भएका सबै समूह ओरालो लागेसँगै नेप्सेमा उल्लेख्य गिरावट आएको हो ।
बीमा समूहमा १ सय ४ अंकको गिरावट आयो । अन्य समूह १५ अंकले र होटल समूह पनि १२ अंकले झर्यो । जलविद्युत् समूह पनि ९ अंकले ओरालो लाग्यो । वित्त ८ अंकले र वाणिज्य बैंक समूह पनि ६ अंकले ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३५ कम्पनीको १३ लाख ३८ हजार कित्ता शेयर ६६ करोड ९६ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्