४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


१६ बुँदे घोषणापत्र जारी गदै राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न


0
Shares

काठमाडौं, जेठ ३ । ‘उद्यमशीलताको विकास, गरिबी निवारणको निकास’ भन्ने मूल नाराकासाथ राजधानीमा पहिलोपटक भएको राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सोमबार सम्पन्न भएको छ ।

१६ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो । आयोजक समिति सदस्य राजेन्द्रबहादुर प्रधानले घोषणपत्रबारे जानकारी गराएका थिए ।

लघुवित्तमा छुटेका अतिविपन्न वर्गलाई समावेश गर्ने, दुर्गम गाउँहरुमा पनि शाखा विस्तार गर्ने, ग्राहकलाई ऋणको धरापमापर्ने गरी कर्जा प्रवाह नगर्ने, सदस्यहरुलाई लघुउद्यमी बन्न सीप विकासको साथै अन्य सिर्जनशीलकार्यका लागि रणनीति तयार गर्नेलगायतका लक्ष्य घोषणापत्रमा समावेश छन् ।

कार्यक्रममा सहभागी सदस्यहरुले लघुवित्त कार्यक्रमले उनीहरुलाई समृद्धितर्फ उन्मुख गराएको बताएका छन् ।

अर्थ राज्यमन्त्री दामोदर भण्डारीले सम्मेलनको समापन गरेका थिए ।