
काठमाडौं, जेठ ४ । ललितपुरका सांसद चन्द्र महर्जनले जनेरेटर टहरो निर्माणका क्रममा करिव ९५ लाख रुपैयाँ अनियमिमता गरेको छानबिनका क्रममा देखिएको छ ।
अर्का सांसद मदन अमात्यको सिफारिसमा संचालित ज्यापु समाजको भवन निर्माणमा १ लाख ६८ हजार रुपैयाँ भ्रष्टाचार गरिएको भेटियो । उक्त योजनामा खरिद नै नगरेको रडलाई प्रयोग गरेको भनी भूल्यांकन गरिएको फेला पर्यो ।
सांसद सिद्धिलाल सिंहको सिफारिसमा ललितपुरकै सातदोबाटोमा मनमोहन स्मृति भवन निर्माणाधीन छ । भवनमा १० फिट गाह्रो हुनुपर्ने भनी भुक्तानी भएकोमा छानबिनका क्रममा उचाई करिव साढे ८ फिट मात्रै भेटियो । उचाइ गडबडले ४९ हजार ९ सय रुपैयाँ अनियमितता गरेको देखियो ।
सोही भवन निर्माणमा सांसद सुशीला नेपालको सिफारिसमा भएको भुक्तानीमा २० एमएम उल्लेख गरे पनि १६ एमएमको मात्रै रड प्रयोग गरेर अनियमितता गरेको देखियो ।
हरेक वर्ष सरकारले बजेट तयारी थाल्दा सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढाउन लबिङ गरिरहेका हुन्छन् । उनीहरुले बजेट नै पारित हुन नदिने धम्की दिएर आफ्ना माग सम्बोधन गर्न बाध्य पार्छन् । हरेक वर्ष निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेटको आकार मात्रै बढाइएको छैन, अनियमितताको ग्राफ पनि बढ्दो छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्