४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


सुकेपोखरीमा के छ त्यस्तो आकर्षण ? (भिडियो हेर्नुहोस)


0
Shares

-जितेन्द्र भण्डारी, ईमेज

पाँचथर, जेठ ४ । पाँचथरको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल सुकेपोखरी ओझेलमा परेको छ । पर्यटकलाई आकर्षित गर्ने धेरै कुरा हुँदाहुँदै पनि प्रचार प्रसारको अभावमा सुकेपोखरी ओझेलमा परेको हो ।

पाँचथरमा पर्यटकिय स्थलहरु धेरै भएपनि पछिल्लो समय संम्बन्धित निकायको वेवास्थाको कारण त्यस्ता स्थानहरु ओझेलमा पर्दै गएका छन् ।

त्यसको एक उदाहरण हो पांचथरको रानीटारमा रहेको सुकेपोखरी । पर्यटकलाई आर्कषित गर्ने सबै कुराहरु सुकेपोखरीमा रहेपनि यो अझै ओझेलमै रहेको स्थानीय बताउंछन् ।

सदरमुकाम फिदिमबाट मात्र ३० किलोमिटरमा पुग्न सकिने सुकेपोखरीको मुख्य बिशेता भनेकै मनै लोभ्याउने विभिन्न प्रजातिका गुराँसहरु, होमडाँडा, जग्गेधारा, नाँगढुंगा, आलुढुँगा हुन् । तर यहांसम्म पुग्ने बाटो राम्रो नहुंदा पर्यटक भित्रन नसकेको स्थानीय मदन राई बताउँछन् ।

यस वर्ष भने मेची पहाडि पर्यटन प्रर्वद्दन समिती इलामले ९ लाख रुपैयां खर्च गरेर सुकेपोखरी जानको लागि सडक निर्माण गरेको छ । तर पनि सडक कालोपत्रे नहुंदा यहां पुग्ने पर्यटकले सास्ती व्यहोर्दै आएका छन् ।

बर्षामा सडक हिलाम्ये हुंदा गाडी समेत संचालन हुन नसक्ने अवस्था रहेको छ । सडक कालोपत्रेको लागि सरकारी निकायको पहल आवश्यक रहेको स्थानीय विजय नेम्बाङ बताउँछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस