पोखरा, वैशाख २७ । प्राकृतिक तथा मानव सिर्जित विपद् व्यवस्थापनका लागि अपनाउनुपर्ने तयारीबारे पोखरामा प्रदेशस्तरीय भेला सुरु भएको छ ।
स्वास्थ्य निर्देशनालय गन्डकी प्रदेश पोखराको आयोजनामा भएको भेलाको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विपद् व्यवस्थापनका लागि राज्यले उचित भूमिका निर्वाह गर्न नसकेको स्वीकार गरे ।
विपद्का बेलामा व्यवस्थापनको आवश्यकता महसुस भएपनि केही समयपछि बिर्सेर जाने प्रवृत्ति बढेको उनले टिप्पणी गरे ।
प्राकृतिक विपद्का कारण पाँच वर्षयता नेपालमा १३ हजार २१७ जनाको मृत्यु भएको छ । साथै, चार हजार ३४४ जना घाइते र २२४ जना हराएको तथ्यांक सार्वजनिक भएको छ ।
भेलामा गन्डकी प्रदेशमा विपद् पूर्वाधार अवस्था तथा जोखिम न्यूनीकरकणको योजना बनाउनेलगायतका विषयमा छलफल केन्द्रित रहेको छ ।
तीन दिनसम्म चल्ने भेलामा प्रदेशका ११ जिल्लाका सरोकारवालाको सहभागिता रहेको छ ।








प्रतिक्रिया दिनुहोस्