४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


बुढीगन्डकी आयोजनाको स्थलगत् अनुगमनमा गगन थापासहितको टोली


0
Shares

धादिङ, जेठ ४ । व्यवस्थापिका–संसदको कृषि तथा जलस्रोत समितिमा रहेका सांसदहरुको टोलीले धादिङस्थित बुढीगन्डकी जलविद्युत् आयोजनाको स्थलगत् अनुगमन सुरु गरेको छ ।

समितिका संयोजक गगन थापाको अगुवाइमा स्थलगत् अनुगमन सुरु गरिएको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई चाँडोभन्दा चाँडो मुआब्जा दिएर काम अगाडि बढाउन अनुगमन सुरु गरेको सांसद थापाले बताए ।

समितिले प्रभावित क्षेत्रका बासिन्दाहरुसँग मंगलबार छलफलसमेत गरेको छ । स्थानीय बासिन्दाले पनि आफूहरुलाई छिटो मुअब्जाको व्यवस्था गरिदिन माग गरेका छन् ।

जलाशययुक्त यो आयोजनाको कुल क्षमता १२ सय मेगावाट रहेको छ ।