
काठमाडौं, वैशाख २७ । नेपाल पत्रकार महासंघले प्रस्तावित मिडिया काउन्सिलसम्बन्धी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
महासंघको शुक्रबार बसेको आकस्मिक बैठकले विधेयकका प्रावधानप्रति गम्भीर आपत्ति जनाउँदै फिर्ता लिन सरकारसँग माग गरेको हो ।
महासंघ, प्रेस काउन्सिलसहित सरोकारवाला पक्षसँगको छलफल र सहमतिविना संसद सचिवालयमा दर्ता गरिएको विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगकारुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने महासंघको ठहर छ ।
महासंघले उक्त विधेयक तत्काल फिर्ता लिन र पुनः विधेयक मस्यौदा गर्न सरकारसँग माग गरेको हो ।
त्यसैगरी, बैठकले संसदमा विचाराधीन अवस्थामा रहेका विज्ञापनसम्बन्धी ऐन र सूचना–प्रविधिसम्बन्धी ऐनमा प्रेस स्वतन्त्रताविरोधी दफा सच्याउन पनि माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्