केशव भण्डारी (इमेज)
बुटवल, वैशाख २७ । तिलोत्तमा नगरपालिकाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)मा बालरेल सन्चालनमा आएको छ ।
तिलोत्तमा नगरपालिकाको सहयोगमा रोटरी क्लब अफ बुटवलको अगुवाइमा वनवाटिकामा बालरेल सन्चालनमा आएको हो ।
रेलको शुक्रबार आयोजित एक कार्यक्रमकाबीच रोटरी क्लबका डिष्ट्रिक गर्भनर चिन्तामणि भट्टराई र तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले संयुक्तरुपमा उद्घाटन गरे ।
नगरप्रमुख घिमिरेले बालरेल सन्चालनले वनवाटिकाको आकर्षण बढ्न गइ यहाँ आउने पर्यटकको संख्यामा वृद्धि हुने विश्वास व्यक्त गरे ।
रेलप्रति सबैको उत्सुकता भइरहेका बेला यहाँ सन्चालनमा आएको बालरेलले सबैलाई प्रभाव पार्ने उनको भनाइ छ ।
रोटरी क्लब अफ बुटवलका अध्यक्ष नारायणप्रसाद पन्थले स्थानीय सरकार तथा वनवाटिकाको उत्साहका कारण बालरेल सन्चालनमा आउन सम्भव भएको बताए ।
एक करोडको रेल परियोजना सन्चालनमा ल्याउन रोटरी क्लबको ४५ लाख रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्