२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


नेपाल–ब्राजिल द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड


0
Shares

काठमाडौं, जेठ ४ । नेपाल-ब्रजिल द्विपक्षीय व्यापार प्रवद्र्वनमा जोड दिइएको छ ।

नेपाल-ब्रजिल उद्योग वाणिज्य संघको पहिलो वार्षिक साधारणसभाका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उक्त जोड दिइएको हो ।

संघका अध्यक्ष अखिलकुमार चापागाइँले प्रशस्त सम्भावना रहे पनि नेपाल–ब्रजिलबीच आर्थिक सम्बन्ध विस्तार हुन नसकेको तथ्यांक प्रस्तुत गरे । नेपाली उत्पादनका लागि ब्रजिल राम्रो बजार हुनसक्ने उनले जिकिर गरे ।

द्विपक्षीय व्यापार विस्तारका लागि संघका तर्फबाट भएका कामबारे जानकारी गराउँदै उनले वैदेशिक लगानीका लागि पनि प्रशस्त सम्भावना रहेको र यसका लागि सरकारबाट ठोस कदम चालिनुपर्ने बताए ।

नेपाल ब्रजिलबीच सन् १९७६ मा औपचारिकरुपमा कुटनीतिक सम्बन्ध सुरु भएको हो ।

जलस्रोतको सबैभन्दा धनी मानिने ब्रजिलबाट नेपालले उर्जा क्षेत्रको विकासमा पनि लाभ लिनसक्नेमा पनि व्यवसायीहरुले जोड दिए ।

कार्यक्रममा वाणिज्यमन्त्री जयन्त चन्दले सरकार लगानी प्रवद्र्वन र सुरक्षाका लागि प्रतिबद्ध रहेको भन्दै व्यापार विस्तारका लागि वस्तुपरक सुझाव दिन आग्रह गरे ।

कार्यक्रममा संघले उत्कृष्ट व्यवसायीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेको थियो ।